मालबाहक सवारी साधनका कारण विद्यार्थीलाई सास्ती, स्थानिय निकाय माैन

मालबाहक सवारी साधनका कारण विद्यार्थीलाई  सास्ती, स्थानिय निकाय माैन

धनगढी : देशकै अग्रणी क्याम्पस कैलाली बहुमुखी क्याम्पस दसौ हजार विद्यार्थीहरु आफ्नो भविष्य को खोजीमा आइरहेका हुन्छन् ।

तर यहा भित्र प्रशासन र पढाइका अनेक समस्याहरु त छदैछन यो बाहेक घरबाट क्याम्पस पुग्दा सम्म को असुरक्षित र तनाब ग्रस्त यात्रा सानो बाटो विद्यार्थी को चाप त्यसमाथि त्यही बाटोमा मोटरसाइकल जीप ट्याक्टर देखी ठुला ठुला मालवाहक गाडी गुडछन । यसले विद्यार्थी को मानसिकता मा असर गरिरहेको स्पष्ट देख्छौ ।

क्याम्पस गेट देखि क्याम्पस चोक र क्याम्पस चोक देखि कबड हल सम्म जताततै खाल्डाखुल्डी भएको कारण बर्षा मा हिलै हिलो र हिउँदमा धुलै धुलो हुने गरेको छ ।

सुदूरपश्चिम प्रदेशको अग्रणी  शैक्षिक संस्थाको नाममा प्रचलित यस क्याम्पसका हजारौं बिद्यार्थीहरु आफ्नो भबिस्य खोज्दै उच्च शिक्षाको लागि यस क्याम्पसमा आउने गरेका छन ।

तर दस हजार बिद्यार्थी भएको क्याम्पसमा बिद्यार्थीले हिड्ने रोडको अवस्था भने  नाजुक बन्दै गएको छ ।यसै रोडमा बिहान , दिउँसो , साझ गरि दिनमा तिनपटक आ आफ्नो क्लास लग्न बिद्यार्थीहरुको ठूलो जमात देखिन्छ  ।

रोडको यस्तो अवस्था नाजुक हुदाहुदै पनि यो भन्दा ठुलो पीडा त त्यसै रोडमा मालबाहक सवारी साधन , ट्रक ,ट्याक्टर ,टिपर चलाउदा बिद्यार्थीहरुलाई कलेज जादा होस या कलेज बाट फर्किदा होस हम्मे हम्मेहम्मे हुने गरेको छ ।

यी ठुला सवारी साधनले नै गर्दा बिद्यार्थीहरु समयमै आफ्नो क्लास लिन पनि कठिनाइ भएको छ । यदि तत्काल  समस्या समाधान नभए अान्दाेलन गर्ने बिद्यार्थीहरूले चेतावनि  दिएका छन ।१० मिनेट लाग्ने समय भए पनि रोडमा हुने चक्काजामले न्युनतम ३० मिनेट लाग्ने गरेको बिद्यार्थीहरुले गुनासो गरेका छन  ।

यी यावत समस्या सम्बन्धित सबैलाई जानकारी हुँदाहुँदै पनि सम्बन्धित निकायको लापरवाहीले बिद्यार्थीको भविष्य अन्धकारतिर जान  नदिनको लागी बिद्यार्थीका समस्या समाधान गर्न तर्फ लाग्न जरुरी छ ।