धनगढीमा सरकारी नियम पालना नगर्ने ५० वटा सवारी साधन कारवाहीमा परे (फोटो फिचर)

धनगढीमा सरकारी नियम पालना नगर्ने ५० वटा सवारी साधन कारवाहीमा परे (फोटो फिचर)

धनगढी : कैलालीमा सरकारले लागु गरेको जोर विजोर प्रणाली उल्घंन गर्ने सवारी साधनलाई प्रहरीले कारवाही गरेको छ । कोरोना संक्रमण बढ्न थालेपछि सरकारले कैलालीमा जोर विजोरका सवारी साधन चलाउन निर्देशन दिएको थियो ।

तर सवारी साधन चालकहरुले उक्त नियमको पालना नगरेपछि कैलाली प्रहरीले आजबाट चेकजाँचमा थप कडाई पारेको छ । आज जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढीले जोर बिजोर प्रणाली अन्तर्गत सवारी साधन नचलाउनेलाई कारबाही गरेको जानकारी दिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक सरोज ठकुराठीका अनुसार जोर विजोर नम्बरका सवारी साधन नचलाउने ५० सवारी साधन कारबाहीमा परेका छन् ।