महिलाको अंगमा हुने कोठीले यस्तो संकेत गर्छ

महिलाको अंगमा हुने कोठीले यस्तो संकेत गर्छ

 मानव शरीरका हरेक अंगले उसको स्वभावका विषयमा थुप्रै जानकारी दिइरहेको हुन्छ। शरीरको अनुहार र सम्पूर्ण शरीरको बनावटलाई अध्ययन गर्ने शास्त्र हो, समुद्र शास्त्र। यस शास्त्रलाई आधार मानेर मनुष्यको सम्पूर्ण स्वभाव र उसको भविष्यकोबारेमा पत्ता लगाउन सकिन्छ। यो शास्त्र वैदिक कालदेखि नै पूर्वीय सभ्यतामा प्रचलित रहेको छ।

यसैगरी, यस शास्त्रको वर्णन गरुड तथा भविष्य पुराणमा पनि उल्लेख गरिएको छ। यस शास्त्रको नाम समुद्र ऋषिबाट आएको हो। ऋषिले यस ग्रन्थलाई व्यापक प्रचार प्रशार गरेका कारण यसलाई समुद्र शास्त्र भनिएको विश्वास गरिन्छ।

समुद्र शास्त्रले महिलाको अंगमा हुने कोठीबारेमा के भन्छ 

– जुन महिलाको निधारमा कोठी हुन्छ, उनीहरु निकै आत्मविश्वासी हुने गर्दछन्। यस्ता महिलाहरुलाई आफु सफल हुन वा कुनै लक्ष्य हासिल गर्न कसैको पनि मद्दतको आवश्यकता पर्दैन। उनीहरुले आफ्नो बाटो आफै बनाउने गर्दछन्।

– दुई आँखीं भौँ बीच कोठी हुने महिलाहरु भाग्य सौभाग्यको प्रतीक मानिन्छन्। यस्ता महिलाहरु निकै भाग्यशाली हुने गर्दछन्। यी महिलाहरुको जुनै घरमा विवाह भए पनि त्यस घरमा धन र अन्नको कहिल्यै कमि हुँदैन। यस्ता महिलाहरुलाई कहिल्यै पनि पैसाको अभाव हुँदैन।

– धेरै कम महिलाहरुको कानमा कोठी हुने गर्दछ। कानमा कोठी हुने महिला निकै बुद्धिमान हुने र कुनैपनि निर्णय गर्न सक्षम हुने गर्दछन् । यदि महिलाहरुको दुवै कानमा कोठी छ भने यस्ता महिलाहरुको जीवन आनन्दमय हुन्छ। यसैगरी, जो महिलाको देब्रे कानमा कोठी छ भने यस्ता महिलाहरुको दाम्पत्य जीवन सफल रहने समुद्र शास्त्रमा उल्लेख गरिएको छ।

– यदि कोही महिलाको गालामा कोठी छ भने यस्ता महिलाहरु सौन्दर्यको प्रतिक मानिन्छन् भने यिनीहरुको भाग्य पनि दरो हुने गर्दछ। गालामा कोठी भएका महिलाप्रति मानिसहरु चाडैं आकर्शित हुन्छन् । यस्ता महिलाहरुले अरुसँग आफ्नो काम सजिलैसँग निकाल्न सक्छन्।

– यदि कोही महिलाको ओठमा कोठी छ भने यस्ता महिलाहरु निकै आकर्शित हुने गर्दछन्। मानिसहरु पनि यस्ता महिलाहरु प्रति चाडैं आकर्शित हुने गर्दछन्। ओठमा कोठी भएका महिलाहरु मेहेनती हुनुको साथै आफ्नो लक्ष्य पुरा गर्न दृढ हुने गर्दछन्।

– महिलाको काँधमा साना कोठी हुनु धेरै शुभ हो । यी महिलाहरू सँधै मीठो बोल्दछन् । यो उनीहरूको विशेषता हो। तिनीहरूसँग आफ्नो जीवनमा सबै किसिमका सुख सुविधाहरू छन् । तिनीहरू आफ्नो पति या पत्नीमा सुन्दरताका साथ बौद्धिक खोजी पनि गर्दछन्।