बुङगलमा पहिरो जाँदा ४ घाईते २ बेपत्ता

बुङगलमा पहिरो जाँदा ४ घाईते २ बेपत्ता

 बझाङ: लगातारको बर्षा संगै बुङगल नगरपालीका वडा नं ५ मिडीमा गयराती पहिरो गएको छ । पहिरोमा परि ४ जना घाईते भयका छन भने २ जना बेपत्ता भयका छन ।

घरमाथी बाट आएको पहिरोले स्थानिय प्रताप ताम्राकारको घर पुरिएको हो ।  नेपाल प्रहरी र स्थानियको सहयोगमा पहिरोमा परि पुरिएका ४ जनाको उद्धार गरिएको छ भने दुई जनाको उद्धारको कार्य जारी छ ।  प्रताप ताम्राकार रोजगारीको सिलसिलामा भारतको ब्याङलोरमा छन । पहिरोमा परेर ४० बर्षिया श्रीमती पिपला ताम्राकार, १८ बर्षकि छोरी सुनिता र १२ बर्षकि टिन्टी  ताम्राकार र १६ बर्षका अनिल ताम्राकार घाईते भयका छन ।

घाईते चारै जनाको खिरातडी स्वास्थ्य चौकीमा उपचार भैरहेको छ । १४ बर्षका छोरा सचिन ताम्राकार र ३ बर्षका आफन्त सुदिप ओखेडा बेपत्ता भयका छन ।  उनीहरुको उद्धार भैरहेको ईलाका प्रहरी कार्यालय बुङगल ले जनायको छ ।