पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोल र डिजेल र मट्टितेलको मूल्य घटाएको छ। सोमबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा २ रुपैयाँ घटाइएको आयल निगमले जनाएको छ।

स्वचालित मूल्य प्रणालीद्धारा मूल्य घटाई समायोजन गरिएको छ निगमका प्रवक्ता बिरेन्द्र गोइतले जानकारी दिए। मूल्य घटेपछि पेट्रोल प्रतिलिटर १ सय १२रुपैयाँ डिजेल र मट्टितेल – ९९ सय रुपैयाँ भएको छ। खाना पकाउने ग्यासको मूल्य घटाइएको छैन ।

अन्तर्राष्ट्रिय बजारमा अचानक मूल्यमा कमी आएको र अमेरिकी डलरसँग नेपाली मूद्रा पनि केही बलियो भएको कारण मूल्य घटेको आयल निगमले जनाएको छ।

यो समायोजन पश्चात् पनि भारतको रक्सौल भन्दा नेपालको वीरगंज तर्फको सिमा मूल्यमा पेट्रोलमा १२ रुपैयाँ ३२ पैसा प्रतिलिटरले र डिजेल १५रुपैयाँ ७१ पैसाले नेपाल तर्फ सस्तो हुन पुगेको छ।

विगत साढे दुई महिनाको अवधिमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उच्चतम विन्दुमा पुगेर एक महिनामा नै निगमलाई २ अर्व भन्दा बढी घाटा भएको थियो। चालु आर्थिक वर्षको हालसम्म करिब ३ अर्व ८४ करोड घाटा छ।