चीनमा विकास गरिएको कोरोना खोप अब ३ महिनाभित्र बजारमा आउने दाबी

चीनमा विकास गरिएको कोरोना खोप अब ३ महिनाभित्र बजारमा आउने दाबी

चीनले यो वर्षको अन्तिमसम्म कोरोना भाइरस विरुद्धको खोप बजारमा ल्याउने घोषणा गरेको छ ।चीनको कम्पनी सिनोफार्मले खोपको तेस्रो चरणको परीक्षण चलिरहेको र यो वर्षसम्मको अन्त्यमा बजारमा आइसक्ने घोषणा गरेको बीबीसीले जनाएको छ ।

सिनोफार्म कम्पनीले बनाइरहेको खोपको तेस्रो चरणको परीक्षण संयुक्त अरब इमिरेट्स यूएईमा चलिरहेको छ । सिनोफार्मका प्रमुख लिउ जिंगझेन आफैँले पनि परीक्षणका लागि खोप लागएको र अहिलेसम्म कुनै नकारात्मक असर नगरेको बताउनुभएको छ ।

चीनको बेइजिङ र वुहानमा एक वर्षमा क्रमश १० दशमलव २ करोड र १० करोड डोज खोप उत्पादन गर्ने प्रयोगशाला रहेको चीनले दाबी गरेको छ । यो खोप दुई डोज लगाए बापत एक हजार युआन अर्थात एक हजार ७ सय रुपैयाँ पर्नेछ ।

तर चीनकै कतिपय सञ्चार माध्यमले भने यो रकम ग्रामिण क्षेत्रमा बस्ने र कम आए भएकालाई महङ्गो पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

अहिले विश्वमा झण्डै २ सय वटा कोरोना भाइरस विरुद्धको खोपको परीक्षण चलिरहेको छ भने २० भन्दा धेरै मानव परीक्षणको चरणमा रहेका खबरमा उल्लेख छ ।