चीनको कोरोनाविरुद्धको भ्याक्सीन आउने मिति तोकियो, मूल्य कति ?

चीनको कोरोनाविरुद्धको भ्याक्सीन आउने मिति तोकियो, मूल्य कति ?

कोरोना भाइरसको महामारीबाट यतिबेला सारा विश्व ग्रस्त छ । कोरोनासँग लडिरहेका सारा विश्वबासीहरु कोरोनाविरुद्धको भ्याक्सीनको पर्खाइमा रहेका छन् ।

वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् । तर पनि अहिलेसम्म पूर्ण सफलता भने हात लाग्न सकेको छैन ।

सन् २०२१ को शुरुवातसम्ममा बजारमा कोरोनाविरुद्धको भ्याक्सीन आईसक्ने आशमा सारा विश्वबासी रहेका छन् । यसैबीच चीन र रुसले आफ्नो देशमा कोरोनाविरुद्धको भ्याक्सी नबनेको दाबी गरेका छन् ।

साथै दर्ता पनि गराएका छन् । तर दुबै देशको तेश्रो चरणको ट्रायल बाँकी रहेको छ । चीनले बनाएको कोरोनाविरुद्धको भ्याक्सीन यो वर्षको अन्तिमसम्म अर्थात् डिसेम्बरसम्ममा बजारमा आउने सम्भावना रहेको बताइएको छ ।

चीनको सरकारी पत्रिकाले मंगलवार जारी गरेको एक रिपोर्टमा यो वर्षको अन्तिसम्ममा चीनले कोरोनाविरुद्धको भ्याक्सीन बजारमा ल्याउने दाबी गरेको छ ।

साथै भ्याक्सीनको मूल्यलाई लिएर पनि रिपोर्टमा बताइएको छ । १००० यूआन भ्याक्सीनको मूल्य रहने बताइएको छ । अर्थात् नेपाली १६ हजार रुपैयाँ रहने बताइए पनि आधिकारिक रुपमा भने केहि जानकारी छैन ।