पूजा र प्रकाशबीच विवाद मिल्यो

पूजा र प्रकाशबीच विवाद मिल्यो

कलाकार पूजा शर्मा र सञ्चारकर्मी प्रकाश सुवेदीबीच चलिरहेको विवाद मिलेको छ । चलचित्र कलाकार संघ,  चलचित्र निर्माता संघ लगायतका संघसंस्थाको रोहबरमा भएको छलफलमा उक्त विवाद मिलाइएको हो ।

दुवै पक्षबीच सहमति भएसँगै अब पूजाले उजुरी नदिने र प्रकाशले पनि पेशागत मर्यादाभित्र रहेर कार्यक्रम चलाउने र संवेदनशील र सचेत रहने भनिएको छ ।

केही समयअघि कार्यक्रममा सञ्चारकर्मी प्रकाश सुवेदीले पूजा शर्मालाई इंगित गर्दै  ‘दाह्रा निस्केकी महानायिका’ भनेका थिए । यो अभिव्यक्तिपछि अन्य कलाकार र पूजाले विरोध जनाएका थिए । साथै पूजाले फिल्मनिकट संघसंस्थामा उजुरी समेत दिएकी थिइन् ।

विरोध भएपछि प्रकाशले कार्यक्रममार्फत माफी मागेका थिए । तर, पूजाले भने चित्तबुझ्दो माफी नभएको बताएकी थिइन् । चलचित्र संघका अध्यक्ष रविन्द्र खड्काका अनुसार दुवै पक्षलाई राखेर सहमति भएको जानकारी दिए ।