भ्याक्सिन कूटनीति : भारतले भन्यो हाम्रो प्राथमिकतामा बंगलादेश छ

भ्याक्सिन कूटनीति : भारतले भन्यो हाम्रो प्राथमिकतामा बंगलादेश छ

भारतले कोभिड भ्याक्सिन बनाउने स्वीकृति पाएर ठूलो परिमाणमा उत्पादन सुरु गरेलगत्तै बंगलादेशलाई प्राथमिकताका साथ उपलब्ध गराउने बताएको छ। ‘हाम्रा लागि बंगलादेश सँधै प्राथमिकताको देश हो,’ भारतीय विदेश सचिव हर्ष शृंग्लले बताएका छन्।

टाइम्स अफ इन्डियाका अनुसार बंगलादेश भ्रमणमा रहेका उनले ढाकामा पत्रकारहरुसँग सो धारणा व्यक्त गरेका हुन्। कोरोना महामारीका बीच उनले पहिलो विदेश भ्रमणका लागि पनि बंगलादेश नै रोजेका हुन्।

चीनले आफ्नो भ्याक्सिनलाई मानवमा गरिने परीक्षण बंगलादेशी नागरिकमा गर्न खोजेकोमा बंगलादेशलाई सो प्रस्ताव अस्वीकार गर्न मनाइएको थियो। चिनियाँ फार्मास्युटिकल कम्पनी साइनोफार्मले यो वर्षको अन्तिम सम्म आफ्नो भ्याक्सिन तयार गर्ने घोषणा गरेको छ।