बस सेवा सुचारु हुदाँ स्थानीय हर्षित

बस सेवा सुचारु हुदाँ स्थानीय हर्षित

अछाम : अछामको चौरपाटी गाउँपालिकामा पहिलो पटक बस पुगे पछि स्थानीय बासिन्दा हर्षित भएका छन् । बस सेवा सुचारु हुन बाँकी रहेका अछामका ५ स्थानीय तहमध्ये चौरपार्टी गाउँपालिकाले यही मंसिर १४ देखिबस सेवा सञ्चालन गरेको हो। 

चौरपाटी गाउँपालिकाको कार्यालयसम्म पहिलो पटक बसपुगेपछि स्थानीयले बाजागाजासहित भव्य स्वागत गरेका छन । 

चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्क साउदले चौरपाटी गाउँपालिकामा बस सञ्चालन गर्ने चुनावको बेला गरेको प्रतिवद्धता पूरा गरेको दाबी गर्नु भएकाे छ । 

अध्यक्ष साउदका अनुसार बस सञ्चालनले आवत जावतमा सहज हुनुकासाथै गाउँपालिकामा उत्पादन भएका कृषि उपजलाई बजारसम्म पु¥याउन सहज हुने हुँदा कृषकहरुलाई राहत हुने बताए । 

सुदूरपश्चिम प्रदेशसभा सदस्य गोविन्द कुँवरले चौखुट्टे–चौरपाटी हुँदै चित्रसम्मको सडक स्तरोन्नतीसँगै कालोपत्रका लागि प्रदेश सभामा ३ करोड बजेटको माग गरेको बताए।

गाउँपालिकाको कार्यालयसम्म पहिलो पटक कर्णाली रिभर यातायातको ना ६ ख २५२९ नम्बरको बस चौखुट्टे वजार हुँदै १४ किलोमिटरको दूरी पार गरी गाउँपालिकासम्म पुगेको थियो ।

चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्क साउदले गरेकाे याे महान कार्यलाइ स्थानीय बासीले स्वागत गरेका छन ।