सरकारी निर्णयको धज्जी उडाउदै निजि क्लिनिकमा सरकारी डाक्टरको सेवा

सरकारी निर्णयको धज्जी उडाउदै निजि क्लिनिकमा सरकारी डाक्टरको सेवा

 भदौ ०४,कंचनपुर  । 
महाकाली अस्पतालका गाईनोलोजिष्ट डाक्टर हरि कुमार श्रेष्ठले  सुरक्षित गर्भपतन सेवा प्रदान गर्न मंगलबार महाकाली अस्पताल आएका  कृष्णपुर नगरपालिका दोमिल्ला बस्ने २३ वर्षीय भगवती बुडालाई महेन्द्रनगर स्थित भागेश्वरी क्लिनिकमा रेफर गरेका छ्न । यति मात्रै होइन महाकाली अस्पतालका  डाक्टर श्रेष्ठले  सरकारी निर्णयको धज्जि उडाउदै अस्पतालमा सेवा नदिई निजि क्लिनिकमा आफैले सेवा दिएका छ्न । गर्भवती बुडा गर्भपतन सेवा लिन आएकि थिईन ।  अस्पतालमा तिन जना गाईनोलोजिष्ट डाक्टर तथा  तालिम प्राप्त नर्सहरु कार्यरत रहेको भएता पनि बुडालाई एक्सरे तथा अल्टासाउण्ड गर्दा महाकाली  अस्पताल र निजी मेडिकलमा शुल्क तिर्न बाध्य भएकी हुन ।
 भगवतीको गर्भपतनका लागि बुडा दम्पत्ति चर्को शुल्क तिर्न बाध्य भएका छन् । कृष्णपुर मेडिकलमा जाँच गर्दा गर्भमा बच्चा मरेको भन्ने थाहा पाएपछि बुडाका दम्पति महाकाली अञ्चल अस्पताल आएका थिए । उनीहरुले एकै प्रकारको स्वास्थ्य समस्याका लागि दुई पटक भिडियो एक्सरे र अल्ट्रासाउण्ड गरेका छ्न। 
अस्पतालको नेतृत्व सम्हालेका व्यक्तिले नै आर्थिक प्रलोभनमा परि  अस्पताल भन्दा क्लिनिकलाई बढी प्राथमिता दिईएको प्रष्ट देखिएको छ।  भगवतीका श्रीमान् रोहित बहादुर बुडाले भने ‘अस्पतालमा सेवा छैन्, दुखाई हुन्छ, क्यान्सर हुन सक्छ भनेर त्यहाँ ड्युटिमा रहेका नर्सहरुले समेत डराएको तथा बाहिर जानुस भन्दै दुव्र्यवहार समेत गरिएको बताइएको छ ।
महाकाली अस्पताल  रेफर सेन्टर बन्नुमा  डाक्टर श्रेष्ठको ठूलो हात रहेको आरोप लागेको छ। आर्थिक प्रलोभनमा परि निजि क्लिनिक सङ्ग मिलेर सरकारी अस्पतालमा आउने बिरामीहरुलाई निजि क्लिनिकमा रेफर गरि चर्को मूल्य असुलिरहेको समेत आरोप लागेको छ । 

स्वास्थ्य मन्त्रालयले २०७७ साउन २० मा जारी गरेको परिपत्र र सामाजिक विकास मन्त्रालयले साउन १२ गते जारी गरेको पत्रमा उल्लेख गरे अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका निकायहरु संघ, प्रदेश र स्थानीय तहमा संचालनमा रहेका अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा समेत संस्था प्रमुख र कार्यकारी प्रमुखको जिम्मेवारीमा रहेका सबैले निजी प्राक्याटिक्स नगर्ने र यदि यस भन्दा निजी प्राक्याटिक्स गर्नपूर्व स्वीकृती लिएको भए सो स्वीकृती स्वतः खारेज हुनेछ भनेर भनिएको छ। 

सरकारी अस्पतालमा कार्यरत तथा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आफू कार्यरत सरकारी संस्थाको नाम निजी क्लिनिक तथा अस्पतालहरुमा लेख्न पाईने छैन भनेर परिपत्र जारीभए पनि विभिन्न मेडिकल क्लिनिकमा सरकारी अस्पतालका चिकित्सकहरुको नाम लेखेको पाइएको छ। 
अस्पतालका प्रमुख तथा मेडिकल सुपरिडेण्टेन्ट  डाक्टर हरि कुमार श्रेष्ठले अफिसको समय बाहेक  मैले निजि क्लिनिकमा काम गर्न पाउछु भन्ने तर्क दिएका छ्न ।  स्वास्थ्य मन्त्रालय आफुलाई यो बिषयमा कार्बाही गर्छ भने पनि आफू कार्बाही भोग्न तयार रहेको उनले बताए ।