बेहडाबाबा मन्दीरलाई मन्त्री बाेहराद्वारा लाख बढी रूपैयाकाे डिजिटल सोलार हस्तान्तरण

बेहडाबाबा मन्दीरलाई  मन्त्री बाेहराद्वारा लाख बढी रूपैयाकाे डिजिटल सोलार हस्तान्तरण

धनगढी । अार्थिक मामिला तथा योजना मन्त्री झपट वहादुर बोहराले बेहडाबाबा मन्दिर व्यबस्थापन समिति लाई १ लाख ३० हजार को ६ सेट डिजिटल सोलार हस्तान्तरण गरेका छन ।

धनगढी उपमहानगरपालिका १६ मन रहेको वेहडाबाबा मन्दिरमा जेष्ठ ९ गते बाट सुरु भएको बेहडाबाबा गंगा दशहरा मेला २०७५ को समापन कार्यक्रममा मन्त्री बोहराले उक्त सोलनर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खेम चन्द लाई हस्तान्तरण गरेका छन ।

दशहरा मेला २०७५ समापनको प्रमुख अतिथि रहेका मन्त्री बोहराले धार्मिक पर्यटन पनि प्रदेशको समृद्धि को एक प्रमुख अाधार भएकाले सरकारले धार्मिक पर्यटन को विकास का लागि पनि निति तथा कार्यक्रम सहित बजेटमा समावेश गर्ने बताए ।

मन्त्री बोहराले भने "७ नम्बर प्रदेश धार्मिक पर्यटन को ठुलो सम्भावनाको रहेको प्रदेश हो यसको दिर्धकालिन विकास लागि सरकार लागि परेको छ ।" बेहडा बाबा गंगा दशहरा मेला समापन कार्यक्रम मन्त्री बोहराले वेहडा बाबा लगाएत सबै धार्मिक क्षेत्र को विकास र संरक्षण का लागि सरकार तयार रहेको समेत बताए ।

मन्त्री बोहराले अा.व. २०७५/०७६ को बजेट २ अर्ब घाटा बजेट सहित २० अर्ब देखी २२ अर्ब सम्म अाउने प्रदेश सरकारले अषाड १ गते ल्याउने तयारीमा सरकार जुटेको समेत जानकारी दिए ।