कोरोना भाइरसलाई लिएर वैज्ञानिकको अहिलेसम्मकै ठूलो चेतावनी !

कोरोना भाइरसलाई लिएर वैज्ञानिकको अहिलेसम्मकै ठूलो चेतावनी !

कोरोना भाइरसको कहर सारा विश्वमा नै जारी छ । वैज्ञानिकहरु कोरोना भाइरसविरुद्धको भ्याक्सीन बनाउन लागि परेका छन् । तर अहिलेसम्म पूर्ण सफलता भने पाएका छैनन् ।

गत मंगलवार रुसले कोरोनाविरुद्धको भ्याक्सीन तयार भएको घोषणा गरेसँगै विश्वमा केहि खुशी र आशा पलाएको छ । तर डब्ल्यूएचओले रुसी भ्याक्सीनबारे केहि भनिहाल्न नसक्ने अवस्था नरहेको बताएपछि केहिमा भने संकोच पैदा भएको छ ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले गत मंगलवार रुसले विश्वकै पहिलो कोरोना भाइरसविरुद्धको भ्याक्सीन बनाएको दाबी गरेका थिए । साथै उनले आफ्नी छोरीले पनि उक्त भ्याक्सीन लगाएको बताएका थिए ।

यसैबीच वैज्ञानिकले कोरोना भाइरुसविरुद्धको अहिलेसम्मकै ठूलो चेतावनी दिएका छन् । वैज्ञानिकले कोरोना भाइरसको महामारी विकराल हुँदै जाने भन्दै चेतावनी दिएका छन् । जाडो महिनामा कोरोनाको संक्रमण अहिलेको भन्दा दोब्बर हुने वैज्ञानिकहरुले बताएका हुन् ।

पब्लिक हेल्थसँग जोडिएका एक्सपर्टले अचम्मको खुलासा गर्दै भनेका छन्, कोभिड १९ का साथै सीजनल फ्लूले पनि कोहराम मच्चाउने छ । यो स्थितीलाई वैज्ञानिक ट्वीनडेमिक बताइरहेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यका अनुसार जाडोमा सीजनल फ्लू सामान्य बिरामी भएपनि यसको कारण अस्पतालहरु प्याक हुनाले समस्या पैदा हुन्छ ।

झनै यो वर्ष कोरोनाको कारण बिरामीहरु अस्पतालमै छन्, कोभिड १९ र सीजनलको शुरुवाती लक्षण पनि उस्तै छन् । यस्तो अवस्थामा अस्पतालमा कन्फ्यूजनको अवस्था आउन सक्छ । फ्लूसँग बच्नको लागि फ्लू शट दिइन्छ ।

तर यो वर्ष सम्भव छैन ।यसबाट बिरामीको संख्या धेरै बढ्छ । एक्सपर्टका अनुसार फ्लूको लक्षण, खोकी, टाउको दुख्ने, कफ, घाटी दुख्ने हुन्छ ।