बाढी प्रभावित क्षेत्रमा गृहमन्त्री थापा, आपूर्ति मन्त्री भट्ट, सहितको टोलीद्धारा स्थलगत अनुगमन

बाढी प्रभावित क्षेत्रमा गृहमन्त्री थापा, आपूर्ति मन्त्री भट्ट, सहितको टोलीद्धारा स्थलगत अनुगमन

धनगढी : अछामको रामारोशन गाउँपालिकाका बाढी पीडितहरूका लागि राहत सामग्री उपलब्ध गराउन नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, सहितको टोली घटना स्थल पुगेको छ ।

थापा र भट्ट सहितको को टोलीमा नेकपा नेता एवम् सांसद भीम रावल, सांसदहरू शेरबहादुर कुँवर र तारामान स्वाँर, नेकपा सुदूरपश्चिम प्रदेश कमिटी सदस्यहरू, दिपक साउद, केशर बहादुर साउद, गृहमन्त्रीका विज्ञ सल्लाहकार सूर्य सुवेदी, गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई, विपद् जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख अनिल पोखरेल लगायत छन् ।

टोली शुक्रबार बिहान नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौंबाट अछामतर्फ प्रस्थान गरेको थियो । सो टोली सुर्खेतमा अवतरण गरेर सुर्खेतबाट एमआई–१७ हेलिकोप्टरमार्फत अछाम पुगेको हो ।

रामारोशनमा भएको क्षति क्षतिपूर्ति तथा कैलाश खोलामा तटबन्ध, मिनी हाइड्रोपावर क्षत बिक्षेत भएको सडक, जोखिममा रहेका बस्तीको व्यवस्थापन लगायतका बिषयाम टोलीले सरकारलाई आग्रह गर्ने जनाइएको छ ।

आपूर्ती मन्त्री भट्टको पहलमा खाद्यान्न लगायत अत्यावश्यक बस्तु बुधबार अछाम पठाइसकिएको र थप खाद्यान्न आज पनि धनगढीबाट अछाम  पठाईएको छ । मन्त्री भट्टले बुधबार व्यक्तिगत पहलमा एक ट्रक खाद्यान्न अछाम पठाएको मन्त्री भट्टको सचिवालयले जनाएको छ ।

यस्तै शनिवार पनि चामल, तेल, नुन, दाल लगायत अन्य सहयोग पनि बाढीपिडीत क्षेत्रमा पठाइने बताईएको छ । अन्य आवश्यक कुराका लागि अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारीलार्इ आवश्यक निर्देशन दिएको छ । मन्त्री भट्टले खाद्य व्यबस्था तथा व्यापार कम्पनी लि लाई आवश्यक आपूर्तिका लागि मन्त्रालयका पदाधिकारीलाई निर्देशन दिएका छन ।

अछामका साथै बाजुरा, कैलाली र देशभरिका अन्य बाढी पहिरो प्रभावित जिल्लाभरीमा आवश्यक आपूर्ती व्यबस्था सहज बनाउन निर्देशन दिएका छन । अछामको रामारोशन गाउँपालिका–५ कैलाश खोलामा गत बुधबार आएको बाढीले स्थानीय सैन बजार बगाउँदा ६ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता छन् ।