महात्मा गान्धीको यस्तो चस्मा, भयो साढे २ करोड भारूमा लिलाम !

महात्मा गान्धीको यस्तो चस्मा, भयो साढे २ करोड भारूमा लिलाम !

एजेन्सी – महात्मा गान्धीले प्रयोग गरेको चस्मा दुई करोड ५५ लाख भारतीय रुपैयाँमा लिलाम भएको छ ।  बेलायतको लिलामी एजेन्सी इस्ट ब्रिस्टल अक्सनले आफूलाई सो चश्मा अगस्ट ३ मा एउटा सादा खाममा प्राप्त भएको जनाएको छ ।

एजेन्सीका एन्ड्रयू स्टोका अनुसार चश्माको लिलामीबाट १४ लाख बढी रकम प्राप्त गर्ने आशा राखिएको थियो । तर सोचेभन्दा बढी मोलमा उक्त चश्मा बिक्री भयो । उक्त एजेन्सीका मालिक म्यानगाट्सफिल्डले लिलामीबाट प्राप्त रकम आफ्नी छोरीसँग बाँड्ने बताएका छन् ।

बिबिसीका अनुसार गान्धीलाई उक्त चश्मा उनी दक्षिण अफ्रिकामा कार्यरत रहँदा उनका काकाले दिएका थिए । यसको अुनसन्धानबाट गान्धीले चश्मा लगाएको समय र अन्य प्रमाणका आधारमा यो गान्धीकै पहिलो चश्मा हुन सक्ने तथ्य पत्ता लागेको बताइएको छ ।