कैलालीमा निषेधाज्ञाको दोस्रो दिन : सुनसान धनगढी (फोटो फिचर)

कैलालीमा निषेधाज्ञाको दोस्रो दिन : सुनसान धनगढी (फोटो फिचर)

धनगढी : कैलालीमा निषेधाज्ञाको दोस्रो दिन पनि धनगढी सुनसान देखिएको छ । कोरोना संक्रमण कम गर्न जिल्ला प्रशासन कार्यालय कैलालीले भदौं ४ देखि १४ गते सम्म निषेधाज्ञा जारी गरेको छ ।

निषेधाज्ञालाई प्रभावकारी कार्यान्वयन गर्न सुरक्षाकर्मीहरुलाई धनगढीका विभिन्न ठाउँहरुमा परिचालन गरिएको छ ।

सुरक्षाकर्मीहरुले सडकमा आवतजावत गर्ने मानिसहरुलाई रोकेर चेकजाँच गरे पछि मात्रै पठाउने गरेको छ ।