रातभर मशान घाटमा राखेको शव विहान भयो जीवित !

रातभर मशान घाटमा राखेको शव विहान भयो जीवित !

 रुसमा एक हैरान बनाउने घटना भएको छ । त्यहाँको एक अस्पतालका डाक्टरले एक ८१ वर्षकी महिलालाई मृत घोषित गरिदिए । त्यसपछि उक्त शवलाई मुर्दाघरमा लगेर छोडियो ।

तर जब बिहान भयो तब महिलाको शव लिन गएका आफन्त सबै अचम्मित बने । किनभने मृतक भनिएकी महिला जीवित पाए। डेली मेलका अनुसार महिलाको नाम जिनैदा कोनोनोवा रहेको छ ।

उनी केहि दिनयता रुसको गोरशेचेन्स्कीको सेन्ट्रल डिस्ट्रिक्ट हस्पिटलमा उपचारका लागि भर्ना भएकी थिइन् ।

१४ अगस्टमा उनलाई डाक्टरले मृत घोषित गरेका थिए । त्यसपछि उनलाई राती १ बजेर १० मिनेटमा शवगृहमा लगेर राखिएको थियो । तर जब उनका परिवार बिहान ८ बजे त्यहाँ पुगे तब उनी जीवित नै देखे ।

यो लापरवाहीको मामिलामा हस्पिटलका प्रमुख डाक्टरलाई सस्पेण्ड गरिएको छ ।