६५ वर्षको उमेरमा महिलाले बच्चा जन्माइन्

६५ वर्षको उमेरमा महिलाले बच्चा जन्माइन्

भारतको काश्मिरमा ६५ वर्षकी एक महिलाले सामान्य तरिकाले बच्चा जन्माएकी छिन् । जानकारहरुले यस्तो उमेरमा सामान्य तरिकाले बच्चा जन्माउनु सम्भव नभएको बताएका छन् । महिलाहरुको ४५ देखि ५० वर्षसम्ममा महिनाबारी रोकिने सम्भावना हुन्छ यसपछि महिलाहरु गर्भवती हुने सम्भावना हुँदैन ।

डाक्टरहरु पनि यो केसमा आश्चर्य मानिरहेका छन् । ती महिलाको ८० वर्षीया पति हाकिम दीन हुन । हाकिमको अनुसार पत्नीलाई डेलीवरी पिडा हुँदा जिल्ला अस्पतालमा भर्ना गराएका थिए ति महिलालाई विशेषज्ञ डा। शहनाज बट्टीले डेलिवरी गराएकी थिइन् ।

हाकिमले आफुलाई भगवानले उपहार दिएको बताएका छन् । यी बृद्ध दम्पत्तिको १० वर्षका एक छोरा थिए । लेबर पेन भएपछि ६५ वर्षकी महिला जिल्ला अस्पतालमा भर्ना भएकी थिइन् र उनले सामान्य र स्वस्थ्य बच्चाको जन्म दिएकी हुन् ।