सवारी साधनबाट चुरोटको ठुटा फाले साढे ९ लाख तिुर्नपर्ने !

सवारी साधनबाट चुरोटको ठुटा फाले साढे ९ लाख तिुर्नपर्ने !

अक्सर धुम्रपान गर्ने मानिस पैदल हिड्दा हिड्दै वा सवारीसाधनमा बसेर सडकमा चुरोटको ठुटा फ्याक्ने गर्दछन् । यसरी फ्याकिने चुरोटको ठुटाबाट आगलागी हुने जोखिम रहन्छ । यसरी हुने जोखिम नियन्त्रणका लागी अस्ट्रेलियामा एक नियम लागू भएको छ ।

जो नेपालका धुम्रपान गर्ने नागरिकलाई भने आश्चर्यजनक हुनसक्छ । खासमा, अष्ट्रेलियामा एक नियमका अनुसार यदि कुनै चालकले सवारीसाधनबाट आगो सहितको चुरोट फ्याकेको समातिएमा ठुलो धनराशिको जरिवाना गराइने छ ।

यसरी सडकमा चुरोटको ठुटा फ्याकेमा ११ हजारसम्म अष्ट्रेलियन डलर अर्थात ९ लाख ५० हजार नेपाली रुपैयाँ बराबर जरिवाना हुनेछ । यो नियम चालकका लागी मात्र नभई सवारीसाधनमा सवार यात्रुमा पनि लागु हुनेछ । तर यात्रुका लागी भने जरिवाना १ हजार ३२० अर्थात १ लाख १४ हजार नेपाली रुपैयाँ बराबर हुन जान्छ ।