राजेश हमालका फ्यानसँग दीपाश्रीले रुँदै भनिन्ः प्लिज दिदीबहिनी सम्झेर माफी दिनुहोला

राजेश हमालका फ्यानसँग दीपाश्रीले रुँदै भनिन्ः प्लिज दिदीबहिनी सम्झेर माफी दिनुहोला

कलाकार दीपाश्री निरौलाले महानायक राजेश हमालसँग पुनः माफी मागेकी छिन् । आइतबार परेको जन्मदिनको अवसरमा फेसबुकमार्फत लाइभ आउँदै दीपाश्रीले मिडियामा प्रस्तुत हुने तरिका नपुगेको भन्दै माफी मागेकी छिन् ।

उनले अन्तर्वार्तामा जाँदा आफूले तीन वटा गल्ती गरेको बताएकी छन् । उनले यसअघि पनि राजेदश हमालसँग माफी मागेकी थिइन् ।

‘मिडियामा कसरी फेस हुने, शिष्ट सरल हुने, चलाखीपूर्ण तरिकाले कसरी उत्तर दिने भन्नेमा मेरो कमजोरी रहेछ । मैले अहिले महसुस गरे’, उनले भनेकी छिन् , ‘सहकर्मी दिपकराज गिरीले नजानु भन्दा वेवास्ता गरेर विना तयारी अन्तर्वार्तामा जानु पहिलो गल्ती थियो ।

दोस्रो गल्ती मलाई आरोप लाग्ने घोचिला पेचिला प्रश्नहरुले गर्दा आफूलाई, आफ्नो आवेशलाई नियन्त्रण गर्न सकिन । बडि ल्याङग्वेजमा समस्या आयो । तेस्रो गल्ती र प्रमुख गल्ती भनेको मिडियामा कुटनीतिक चलाखी देखाउन सकिन । म एउटा कलाकार भएर अर्को एउटा सिनियर कलाकारको बारेमा टिप्पणी गर्न पुगें । त्यो मेरो ठूलो भुल महसुस भयो ।’

उनले सम्पूर्ण नेपालीहरुसँग उक्त शब्द चयनबारे माफी माग्दै आगामी दिनमा राम्रो चलचित्र बनाउने बताएकी छन् ।

‘अबदेखि यस्तो गल्ती दोहोर्‍याउँदिन । आफ्नो व्यक्तित्व विकासमा समय खर्चिन्छु । दर्शको लागि राम्रो फिल्म बनाउने कोसिस गर्छु’, उनले रुँदै भनिन्,‘ राजेश दाईका फ्यानहरुलाई के भन्न चाहन्छु भने मेरो अभिव्यक्तिले यहाँहरुको मन दुखेको छ भने प्लिज आफ्नै दिदीबहिनी सम्झेर मलाई माफी दिनुहोला ।’