मुख गनाउने समस्या

मुख गनाउने समस्या

धेरै मानिसको मुख गनाउँछ । तर, मुख गनाउने समस्यालाई उनीहरूले धेरै सिरियस्ली लिँदैनन् । किनकि, ती मानिसलाई आफ्नो मुख गनाउने नै थाहा हुँदैन । मुख गनाउने विषय व्यक्तित्वसँग जोडिएको विषय भएकाले केहीलाई तनावको विषय बन्ने गर्दछ ।

कतिपय मानिस त नियमित ब्रस गर्दा पनि मुख गनाउने समस्याबाट छुटकारा पाउन सक्दैनन् । उसो भए कसरी छुटकारा पाउने त मुख गनाउने समस्याबाट ?

छुटकारा पाउन

- सुकमेललाई मुख गनाउने औषधिको रूपमा प्रयोग गर्न सक्नुहुन्छ । खाना खाइसकेपछि एउटा गेडा सुकमेल मुखमा च्याप्ने बानीले मुख गनाउने समस्याबाट बिस्तारै मुक्ति पाउन सकिन्छ ।

- खानापछि धनियाँको पात चपाउने बानीले पनि यस्तो समस्याबाट मुक्ति पाउन सकिन्छ । धनियाँले सासलाई फ्रेस बनाउनुका साथै दुर्गन्ध हटाउने काम गर्छ ।

- ल्वाङलाई सर्दी भगाउने उपायका रूपमा धेरैले लिने गर्छन् । तर, यसको प्रयोगले सासलाई स्वच्छ र सुगन्धित पार्न पनि मद्दत गर्दछ ।

- कृतिक रूपमा सास गनाउने समस्याबाट टाढा रहन पुदिनाको प्रयोग गर्न सकिन्छ । पुदिनाको पातलाई प्राकृतिक माउथ फ्रेसनरको रूपमै लिने गरिन्छ । तर, यसको नियमित प्रयोग आवश्यक छ ।

- अम्बा र अनार सबै ठाउँमा बाह्रै महिना उपलब्ध नहुन पनि सक्छ । तर, यसको प्रयोगले स्वस्थ श्वासप्रश्वासमा भने निकै ठूलो भूमिका खेल्छ । अम्बा र अनारको नियमित प्रयोगले श्वासलाई स्वच्छ राख्नुका साथै पाचन प्रणालीमा समेत सहयोग गर्छ ।