टन्सिलले सतायो ? चाँडै निको बनाउन अपनाउनुस् यी घरेलु उपाय

टन्सिलले सतायो ? चाँडै निको बनाउन अपनाउनुस् यी घरेलु उपाय

टन्सिल मासिनलाई लागिरहने मध्येको एउटा रोग हो । यसले धेरैलाई सताउने गरेको छ । मौसममा आउने परिवर्तन, चिसो तातो खाना आदिका कारण टन्सिल हुने गर्छ । टन्सिल भएसँगै खान र पिउन निकै समस्या हुन जान्छ । तसर्थ हामी आज टन्सिलको घरायसी उपचार बारे जानकारी दिने प्रयास गर्ने छौं । 

किन हुन्छ टन्सिल
हाम्रो जिब्रोको ठीक पछाडि बदाम आकारको दुई छोटो छोटो अंग हुन्छ । जहाँ मुखबाट गलासम्म पुग्ने दुई यो अंग हुन्छ जसलाई टन्सिल भनिन्छ । यसले शरीरको रोग प्रतिरोधक क्षमतालाई बढाउने कार्य गर्छन् । यसले शरीरको कयौं बिरामी तथा तथा संक्रमणबाट बचाउँछ । 

तर कयौं पटक यो शरीरलाई बचाउने को प्रक्रियामा स्वयं नै बिरामी हुन्छ । संक्रमण या कुन अन्य कारणबाट टन्सिलमा पीडा हुन्छ । कयौं पटक यो यति बढ्छ की खान पिउनसमेत समस्या हुन्छ । 

घरायसी उपचार

यदि वर्षमा एकपटक टन्सिल हुन्छ भने त यो सामान्य सामस्या हो तर यसभन्दा धेरै भएमा यो खतरनाक हुन्छ । यदि टन्सिल भएको खण्डमा एन्टी बायोटिक लिनुको सट्टा केही घरेलु उपचार गर्न सक्नुहुन्छ । 

नुन पानी: नुनमा एन्टी बायोटिक गुण हुन्छ । यसका लागि हल्का तातो पानीमा नुन हालेर मुख कुल्ला गर्नुहोस् । यसबाट निकै लाभ हुन्छ । हरेक दिन मनतातो पानीमा नुन राखेर या ननअल्कोहलिक माउथवास राखेर मुख कुल्ला गर्दा टन्सिलको समस्याबाट आराम मिल्छ । अझ नुनमा थोरै बेकिंग पाउडर राखेर कुल्ला गर्दा थप फाइदा हुन्छ । 

चुक अमिलोको प्रयोग: चूक अमिलोमा पनि एन्टी ब्याक्टिरियल गुण हुन्छ । जो टन्सिलको समस्याबाट आरम दिनका लागि सहायक हुन्छ । भिनेगर आजकाल बजारमा सहज रूपमा उपलव्ध हुन्छ । यसलाई पानीमा मिलाएर कुरा गर्न गर्न सक्नुहुन्छ । यो चिसो र फ्लूको भाइरससँग भिड्न पनि सक्षम हुन्छ तथा यी बिरामी हुनबाट जोगाउँछ । 

बेसार: मुख कुल्ला गर्नका लागि बेसार पनि राम्रो मानिन्छ । तातो पानीमा थोरै बेसार मिसाएर कुला गर्दा टन्सिल निको पार्न फाइदा हुन्छ । राति सुत्नुभन्दा पहिला एक गिलास तातो दूधमा थोरै बेसार र मरिच पाउडर मिसाएर पिउनाले पनि राहत मिल्छ । 

अत्याधिक पानी: टन्सिलबाट आराम चाहिएको खण्डमा अत्याधिक पानी पिउनु जरुरी छ । सूप, जूस तथा अन्य पेय पर्दाथको प्रयोग बढी गर्नु आवश्यक छ । पानी पिउँदा गला चिसो रहन्छ । तर पेयपदार्थमा चिया, कफी या रक्सीलाई भने पूर्णरूपमा त्याग्नुपर्छ । 

लसुन या ल्वाङको प्रयोग: टन्सिल भएको खण्डमा लसुन या ल्वाङ चुस्दा धेरै फाइदा हुन्छ । यसका अलवा उम्लिएको पानीमा ४–५ पोटी लसुन राखेर उमाल्ने र छानेर यसले मुख कुल्ला गर्ने जसले टन्सिललाई कम गर्न फाइदा पुग्छ ।