हरेक १५ सेकेण्डमा एक कोरोना संक्रमितको मृत्यु

हरेक १५ सेकेण्डमा एक कोरोना संक्रमितको मृत्यु

कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ । गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा देखिएको कोरोना भाइरसको महामारी अहिलेसम्म व्श्विका २१३ वटा देशहरुमा पुगिसकेको छ ।

जोन्स ह्याप्किन्स यूनिभर्सिटीका अनुसार कोरोना संक्रमणका कारण हरेक १५ सेकण्डमा १ जनाको मृत्यु भईरहेको छ ।

रिपोर्टका अनुसार सबैभन्दा धेरै केस अमेरिकामा रहेको छ । विश्वमा अहिलेसम्म कोरोना भाइरसका कारण ८ लाख १२ हजार ५२७ जनाको मृत्यु भएको छ भने २ करोड ३५ लाख ८६ हजार २३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १ करोड ६० लाख ८४ हजार ५५८ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६१ हजार ५०५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।