रुसले बनायो कोरोनाविरुद्धको दोश्रो ‘भ्याक्सीन’

रुसले बनायो कोरोनाविरुद्धको दोश्रो ‘भ्याक्सीन’

रुसले फेरि अर्को कोरोना विरुद्धको भ्याक्सीन बनाएको छ । यो भन्दा पहिला ११ अगस्टमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले विश्वकै पहिलो कोरोनाविरुद्धको भ्याक्सीन बनाएको दाबी गरेका थिए । उनले आफ्नी छोरीले समेत उक्त भ्याक्सीन लगाएको बताएका थिए ।

उनको दाबीसँगै रुस विश्वमै पहिलो कोरोनाविरुद्धको भ्याक्सीन बनाउने देश बनेको थियो । यसैबीच रुसले फेरि एक पटक विश्वलाई अचम्मित बनाउँदै दोश्रो कोरोनाविरुद्धको भ्याक्सीन बनाएको दाबी गरेको छ ।

डेली मेलको रिपोर्टका अनुसार रुसले पहिलो कोरोना भ्याक्सीनको प्रयोगमा देखिएको साइड इफेक्ट यो नयाँ भ्याक्सीनमा नदेखिने बताएको छ । रुसले पहिलो कोरोनाविरुद्धको भ्याक्सीनको नाम स्पूटनिक भी राखेको थियो भने दोश्रो भ्याक्सीनको नाम इपिभ्याक कोरोना नाम दिएको छ ।

यसको निर्माण साइबेरियाको वल्र्ड क्लास भायरोलोजि इन्स्टीट्यूट (भेक्टर स्टेट रिसर्च सेन्टर अफ भायरोलोजि एण्ड बायोटेक्नोलोजी) मा भएको हो ।

पहिला यो एन्स्टीट्यूट टप सीक्रेट बायोलोजिकल वेपन रिसर्च प्लान्ट थियो । रुसी वैज्ञानिकहरुले इपिभ्याक कोरोना भ्याक्सीनको क्लिनीकल ट्रायल सेप्टेम्बरमा पुरा हुने बताएका छन् । तर जो ५७ भ्यालेन्टियर्सलाई कोरोना भ्याक्सीन लगाइएको छ, उनीहरुमध्ये कसैलाई पनि साइड इफेक्ट भएको छैन ।

सबे भ्यालेन्टियर्स स्वास्थ रहेका छन् । यो भ्याक्सीको दुई खुराक लगाईन्छ । पहिलो खुराक १४ देखि २१ दिनपछि दोश्रो खुराक लगाइन्छ । रुसले अक्टोबरसम्म भ्याक्सीन रजिस्टर गर्ने आश राखेको छ भने नोभेम्बरबाट यसको उत्पादन गर्ने बताएको छ ।

भेक्टर स्टेट रिसर्च अफ भायरोलोजी एण्ड बायोटेक्नोलोजीले कोरोना भाइरसका १३ सम्भावित भ्याक्सीनमा काम गरिरहेको छ ।

ल्याबमा जनावरमा यी भ्याक्सीनको परीक्षण गरिएको थियो । अमेरिका, चीन र बेलायत पनि कोरोनाको सफल भ्याक्सीनमा लागिपरेका छन् । सबै देशले आफ्नो तेश्रो चरणको ट्रायल गरिरहेका छन् ।