कोरोनाबाट मृत्यु भएकाहरुको हिसाबमा नेपाल विश्वको कति औँ स्थानमा ?

कोरोनाबाट मृत्यु भएकाहरुको हिसाबमा नेपाल विश्वको कति औँ स्थानमा ?

कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ । कोरोना भाइरसका कारण अहिलेसम्म ८ लाख १२ हजार ५१३ जनाको मृत्यु भएको छ भने २ करोड ३५ लाख ८३ हजार ६१६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १ करोड ६० लाख ८० हजार ५७३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६१ हजार ५१३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच नेपाल कोरोना संक्रमणका कारण मृत्यु भएकाहरुको हिसाबमा ९४ औँ स्थानमा रहेको छ ।

नेपालमा हालसम्म कोरोनाबाट १४९ जनाको मृत्यु भएको छ भने ३१ हजार ९३५ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै १८ हजार ६३१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १३ हजार १५५ जना स्वास्थ्योपचाररत छन् ।