के बन्दै गरेको कोरोना ‘भ्याक्सीन’ले केहि काम गर्दैन ? वैज्ञानिकको नयाँ खुलासा !

के बन्दै गरेको कोरोना ‘भ्याक्सीन’ले केहि काम गर्दैन ? वैज्ञानिकको नयाँ खुलासा !

नेपालसहित विश्वका २१३ वटा देशहरु अहिले कोरोना भाइरसको महामारीसँग लडिरहेका छन् ।वैज्ञानिकहरु यसविरुद्धको भ्याक्सीन बनाउन लागि परिरहेका छन् । तर पूर्णरुपमा भने कुनै सफलता हात पार्न सकेका छैनन् ।

मानिसहरु भ्याक्सीन आउने आशमा घरमै कैद भएर बसेका छन् । यसैबीच वैज्ञानिकहरुले एक डरलाग्दो खुलासा गरेका छन् ।

जसले सबैमा चिन्ता थपिदिएको छ । नेशनल इन्स्टीट्यूज्ञट अफ बायोमेडिकल जीनोमिक्सका वैज्ञानिकहरुले कोरोना भाइरसको जीन सिक्वेन्समा एक पेपर प्रकाशित गरेका छन् । कोरोना भाइरसले आफ्नो रुप बदल्दै गईरहेकोले कोरोना भ्याक्सीन बेकारको हुन सक्ने बताएका हुन् ।

जुन प्रकारले कोरोना भाइरस म्यूटेशन भईरहेको छ, त्यसैले पनि अहिले बनिरहेको भ्याक्सीनले काम गर्न नसक्ने पनि उनीहरुले दाबी गरेका छन् । यो शोध मलेशियामा देखिएको नयाँ रुपको कोरोना भाइरसपछि गरिएको हो ।