कोरोनाबारे वैज्ञानिकको नयाँ दाबी !

कोरोनाबारे वैज्ञानिकको नयाँ दाबी !

द ल्यासेन्ट माइक्रोबमा प्रकाशित कोरोना भाइरस स्टडीबाट पत्ता लागेको छ कि, कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको फोक्सो र किड्नीमा चोटको चिन्ह देखिएको हो ।

इंग्ल्याण्डमा कोरोना भाइरसमाथि भएको पोस्टमार्टम एग्जामिनेश इम्पीरियल कलेज लण्डन र इम्पीरियल कलेज हेल्थकेयर एनएचएस ट्रस्टले अनुसन्धान गरेका थिए ।

स्टडीमा परीक्षण गरिएका मानिसहरु कम संख्यामा रहेका थिए । तर यसलाई इंग्ल्याण्डमा अहिलेसम्म कोभिड १९ संक्रमितमा भएको पोस्टमार्ट एग्जामिनेशनको सबै भन्दा ठूलो स्टडी मानिएको छ ।

स्टडीमा १० एग्जामिनेशन गरिएको थियो । साथै ९ संक्रमितको अंगमा रगतको दाग देखिएको थियो । यो स्टडी २२ देखि ९७ वर्षका उमेर समूहमा गरिएको थियो ।

यसैबीच विश्वमा कोरोना भाइरसका कारण यो समाचार तयार पार्दासम्म ८ लाख १२ हजार ५२७ जनाको मृत्यु भएको छ भने २ करोड ३५ लाख ८६ हजार २३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १ करोड ६० लाख ८४ हजार ५५८ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६१ हजार ५०५ जनाको स्वास्थ्य अवस्था ग्म्भीर रहेको छ ।