कंचनपुरमा प्रहरी माथि हातपात गर्ने चार जना पक्राउ

कंचनपुरमा प्रहरी माथि हातपात गर्ने चार जना पक्राउ

भदौ ०८,कंचनपुर । 
कंचनपुरको माहाकाली नगरपालिका ८  मा प्रहरी माथी हातपात भएको छ । सोमबार  स्थानीय युवाहरुले  प्रहरी चौकी बाबाथान दोधराका प्रहरी सहायक निरीक्षक (असई) दानसिंह धामी र हवल्दार रमेश भारतीमाथि हातपात गरेका हुन ।
प्रहरीलाई हातपात गर्ने  स्थानीय  चारजना  शिब सुनार, प्रेम सुनार, अनिल सुनार र राजेश सुनारलाई पक्राउ गरिएको छ।  प्रहरी अनुसार वडा नं. ८ का स्थानीय गणेश खत्रीलाई कुटपिट गरेको खबर पाएपछि असई धामीको नेतृत्वमा त्यहाँ प्रहरी टोली पुग्दा सुनार दाजुभाईहरुले  प्रहरी माथि नै हातपात गरेका थिए। असई धामीको नाकमा चोट लागेको छ। उनको फुली च्यातिएको छ भने हवल्दार भारतीको पनि चुस्ता च्यातिएको प्रहरीले जनाएको छ। सई धनसिंह भाटको कमाण्डमा गएको थप प्रहरी टोलीले चारैजना सुनार दाजुभाइलाई पक्राउ गरेको हो । ती दुई प्रहरी कर्मचारीहरुको प्राथमिक स्वास्थ्य केन्द्र दोधरा र घाइते स्थानीय बासिन्दा खत्रीको धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।