हङकङमा कोरोना संक्रमणमुक्त व्यक्ति पुनः संक्रमित

हङकङमा कोरोना संक्रमणमुक्त व्यक्ति पुनः संक्रमित

 कोरोना भाइरसको एकपटक संक्रमण भएपछि पुनः संक्रमित भएको अहिलेसम्म कुनै रेकर्ड भेटिएको थिएन । तर, हङकङमा रेकर्ड तोडिएको छ । एकजना व्यक्ति चार महिनापछि पुनः संक्रमित भएका छन् ।

३० वर्ष कटेका पुरुषमा पुनः संक्रमण पत्ता लागेको हो । हङकङका वैज्ञानिकहरुले त्यसबारे अनुसन्धान थालेका छन् । उनीहरुले यसअघि र पछिको भाइरसको प्रकार नै फरक रहेको बताएका छन् ।

विश्व स्वास्थ्य संगठनले भने एउटा घटनालाई लिएर कोरोना भाइरसको संक्रमण दोहोरिन सक्छ भन्ने निष्कर्षमा पुग्न नमिल्ने तर्क गरेको छ । उसले यस्तो घटना अपवादमा हुने भनेको छ । विज्ञहरुले पुनः संक्रमण अपवादमा हुने र त्यति गम्भीर नहुने तर्क गरेका छन् ।

सँसारभर दुई करोड ३० लाख मानिस संक्रमित भइसक्दा पुनः संक्रमणको विषय आउनुलाई गम्भीर मानिएको छ ।