यसकारण दक्षिण र पुर्व दिशामा खुट्टा राखेर सुत्न हुँदैन

यसकारण दक्षिण र पुर्व दिशामा खुट्टा राखेर सुत्न हुँदैन

दिनभरको थकान मेटाउन र भोलीपल्ट फ्रेस हुनको लागि रातमा ८ घन्टाको निन्द्रा लिनु धेरै आवश्यक छ । पर्याप्त मात्रामा निन्द्रा लिएमा शरीरको साथमा हाम्रो दिमााग पनि स्वस्थ्य रहन्छ । सबै अंग प्रत्यंगको आफ्नै नियम हुन्छन् । यस्तै निन्द्राको पनि नियम छ ।

प्राय घरमा ठुला बडाको मुखबाट सुनेकै छौ यो दिशामा खुट्टा फर्काएर सुत्न हुँदेन त्यो दिशामा फर्केर सुत्नु हुँदैन । हाम्रो शास्त्रले भने अनुसार सधै पुर्व वा पश्चिम दिशामा टाउको वा सिरानी राखेर सुत्नु पर्छ । यी दिशामा सिरानी राखेर सुत्दा आयु लामो हुने र स्वास्थ्य पनि राम्रो हुनेछ ।

शास्त्रमा उत्तर वा दक्षिण दिशामा टाउको राखेर सुत्दा स्वास्थ्य राम्रो नहुने बताइएको छ । विज्ञानले पनि यो दिशामा सिरानी राखेर सुत्दा धेरै रोगहरुबाट शरीरलाई रक्षा गर्दछ । ध्रुवको आकर्षणको फलस्वरुप प्रगतिशील विद्युत प्रवाह दक्षिणबाट उत्तर दिशामा र हाम्रो टाउकोमा प्रवेश गर्छ र खुट्टाबाट निस्कन्छ ।

यसकारण बिहान जब हाम्रो आँखा खुल्छ तब हाम्रो दिमाग विशुद्ध विद्युत परमाणुबाट परिपुर्ण एवं स्वस्थ्य हुन्छ । यसको साथै मानिस मरेपछि दक्षिण दिशामा खुट्टा र उत्तर दिशामा टाउको राखिने भएकोले पनि यो दिशामा राख्न मनाहि गरिएको हो ।

जब एक जिबित व्यक्ति यो पोजिशनमा रातमा सुतेमा नराम्रो सपना देख्ने, निन्द्रा पुरा हुन नपाउने र मध्य रातमा आँखा खोल्ने हुन्छ र निन्द्रा लाग्दैन । यसकारण बुढा पाकाले भनेका केहि कुराहरु अन्धविश्वास भन्दै वास्था नगर्नु हुँदैन । किनकी विज्ञानको हरेक चीज वा नियमको पछाडी केहि लुकेको हुन्छ ।