फिल्मी दुनियाँमा देखिने प्यार जस्तो हुदैन जिन्दगी

फिल्मी दुनियाँमा देखिने प्यार जस्तो हुदैन जिन्दगी

फिल्मी दुनियाँमा देखिने प्यार जस्तो हुदैन जिन्दगी।
शिशिर पनि त हो बसन्त बहार जस्तो हुदैन जिन्दगी।

सहयोग र समझदारीको अर्को स्वरुप नै साँचो प्रेम हो
बुझीराख्नु दुई तिहाइको सरकार जस्तो हुदैन जिन्दगी।

प्राप्तिमा मात्रै प्रेमको तस्वीर देख्ने ए मूर्ख प्रेमीहरु हो
सर्वहारा भन्नेको आलिसान दरबार जस्तो हुदैन जिन्दगी।

मुर्खताको औसधि हुदैन त्याग गर्नु सिवाय यो दुनियाँमा
र त सधै इन्द्र र अप्सराको संसार जस्तो हुदैन जिन्दगी।

वास्तविकता अर्कै छ प्रिय तिमीले अझै दुनियाँ बुझिनौ
जादुको छडी होइन सधैं चमत्कार जस्तो हुदैन जिन्दगी