जे गरे नि बस ताली ठोक्ने दुई चार हुनु पर्छ

जे गरे नि बस ताली ठोक्ने दुई चार हुनु पर्छ

जे गरे नि बस ताली ठोक्ने दुई चार हुनु पर्छ।
नेता हुन भ्रष्टाचारी संग,गहिरो प्यार हुनु पर्छ।।

सदाचारको कुरा गर्ने त अब,देबघाट गएर बस्नु,
जे गरे नि हुन्छ बस दाहिने बालुवाटार हुनु पर्छ।

तिम्रो योग्यता पुग्छ कि पुग्दैन हिसाब गर्नु अब,
सुकुम्बासीको नेता पक्का,जमिनदार हुनु पर्छ।

कालो सेतो सब लाइन अनुसार भन्ने हो बुझ्नु
हत्यारा मन्त्री हुन्छ आफ्नो सरकार हुनु पर्छ।

सब मूर्ख छन जनता ठिक्क भयो भन्छु म त
बल्ल बुझ्छ एक पल्ट फेरि हाहाकार हुनु पर्छ।

ढुङ्गा हान्ने गाली गर्ने भ्रष्टाचारी योग्यता मानेर
देशको दुर्दशा एकबार होइन बार बार हुनु पर्छ।