सङ्गै लिएर जान्छन आफ्ना कर्तुत बदनामी मान्छे।
त्यही भएर पो कठै!भन्दाहुन गएका मलामी मान्छे।
किन घमण्ड गर्छन मान्छे आफ्नो रुप र सम्पतिमा,
आखिर खरानी भएर नै जान्छन दामी दामी मान्छे।
बदलिएछन र सायद सामाजिक मूल्य मान्यताहरू
र त ठुला भ्रष्टहरूलाई दिन्छन ठुला सलामी मान्छे।
जिउदो छँदा धनी,गरिब,तल्लो,उपल्लो के-के हो?
मर्दा त्यसरी नै जलाइन्छ्न ब्राह्मण र कामी मान्छे।
मर्दा समवेदना दिने समाज जिउन दिदैन ढुक्कले
दुखाइ रहन्छ घाउ पटक-पटक छामी छामी मान्छे।