लाग्छ गाउँबाट बाले पसिना रगत पठाउनु हुन्छ

लाग्छ गाउँबाट बाले पसिना रगत पठाउनु हुन्छ

लाग्छ गाउँबाट बाले पसिना रगत पठाउनु हुन्छ।
जब भित्र खर्च राखेर मलाई खत पठाउनु हुन्छ।

इमान्दार मेहनती कर्मनिष्ठ बन्नू पढेर ठूलो मान्छे
भनेर छोराछोरीलाई बडो इज्जत पठाउनु हुन्छ।

सोचेर सकिएन केही गर्न बाको सपनाको लागि 
रुन्छु जब साहुको बन्दकी कागत पठाउनु हुन्छ।

नेता ठान्दा रहेछन यो लाइसेन्स हो भ्रष्टाचार गर्ने
नेपालमा जब जनताले दिएर मत पठाउनु हुन्छ।

आमाले गुनासो गर्नुहुन्छ बा अनि सम्झाउनु हुन्छ
सरकारलाई कर खसी बेछे बाफत पठाउनु हुन्छ।