बर्सौ भयो नभेटेको तर भर्खर जस्तै लाग्छ

बर्सौ भयो नभेटेको तर भर्खर जस्तै लाग्छ

बर्सौ भयो नभेटेको तर भर्खर जस्तै लाग्छ।
तिमी नटेक्दा आगन न घर घर जस्तै लाग्छ।

सम्झना त कसो नहोला प्रिया ती पलहरूको,
तिमी बिनाको वसन्त नि पतझर जस्तै लाग्छ।

उस्तै छ जून आकास उस्तै छ र उस्तै छुँ म नि
तर के गर्नु बदलिएछ तिम्रो नजर जस्तै लाग्छ।

तिमी आउथ्यौ बहार हुन्थ्यो गाउँ भरी जताततै,
र तिमी बिनाको गाउँ बिरानो सहर जस्तै लाग्छ।

हुँदा तिमी एकान्तमा आहा! लाग्थ्यो तर अचेल,
मान्छेहरूको भिडमा पनि डर-डर जस्तै लाग्छ।