बिर्सिउँ भन्दा नि आउछ याद झन-झन सम्झेर

बिर्सिउँ भन्दा नि आउछ याद झन-झन सम्झेर

बिर्सिउँ भन्दा नि आउछ याद झन-झन सम्झेर।
अनि यादमै बुझाउछुँ मन त्यो धडकन सम्झेर।

बिपनामा सम्झिने र सपनामा बर्बराउने बनायौ
झसङ्ग हुन्छु र बिउझिन्छु तिम्रो चुम्बन सम्झेर।

तिमीसंग हुँदाको स्वर्णिम पल आनन्द नै लाग्छ
कहिलेकाहीँ उठछ रिस तिम्रा ती गनगन सम्झेर।

तिम्रा निम्ति के गरिन सब थोक बिर्सेर खुसी पार्न
आफैलाई अचम्म लागेर आउँछ बालापन सम्झेर।

खुसी खोज्दै हिडेछौ सहर बजार तिर खै के पायौ
झुप्रोमा खुसी कहाँ पाउनु त मनमा भवन सम्झेर।