दूध बेचेर अनि गाउँमा तरकारी बेचेर

दूध बेचेर अनि गाउँमा तरकारी बेचेर

दूध बेचेर अनि गाउँमा तरकारी बेचेर।
बा पढाउनु हुन्छ दाउराको भारी बेचेर।

हाम्रा दु:ख त उनीहरूले बुझ्दै बुझ्दैनन,
रमाउछन देशको ढुकुटी सरकारी बेचेर।

त्यो सबैभन्दा देशभक्त कहलिन्छ यहाँ,
जो बस्छ देश,सिमाना वारी-पारी बेचेर।

बैधानिक बनाउनु छ अब भ्रष्टाचारलाई,
दलाली नगरी बन्छ को व्यापारी बेचेर।

आज बन अनुगमनको टोलीमा आएछ।
हिजो हिड्थ्यो त्यो पुरै सल्लाघारी बेचेर।

आज भेज,ननभेज खाँदैछ ऊ बसेको छ,
अर्काले गर्न सकेन उपचार खेतबारी बेचेर।