वृहत रक्तदान कार्यक्रम सम्पन्न , ८२  जनाले गरे रक्तदान

वृहत रक्तदान कार्यक्रम सम्पन्न , ८२  जनाले गरे रक्तदान

धनगढी – अनेरास्ववियु र अखिल क्रान्तिकारी कैलाली बहुमुखी क्याम्पस इकाइ कमिटीको आयोजनामा भएको वृहत रक्तदान कार्यक्रम बुधवार सम्पन्न भएको छ ।

पछिल्लो समयमा रगत अभाव देखिएको र दिन प्रति दिन दुर्घटना ,सुत्केरी ब्यथाका कारण थुप्रै बिरामीहरु रगतको नपाउने समस्यालाई सजिलो होस भन्न उद्धेश्यले रक्तदान कार्यक्रम सञ्चनलन गरेको कार्यक्रमका संयोज यमराज जोशीले जानकारी दिनुभयो ।

उहाँले बिरामीका लागि रगतको अभाव हुन नदिन र जोखीममा परेका ले नया जीवन पाउनमा मद्धत गर्ने समेत  बताउनुभयो ।रक्तदान कार्यक्रम कैलाली बहुमुखी क्याम्पसका स्वबियु सचिव कृष्ण रोकायले उद्घाटन गरेका हुन ।

कार्यक्रममा जम्मा ८२ जनाले रक्तदान गर्नुभएको जनाएको छ । उक्त रक्तदान कार्यक्रम कैलाली बहुमुखी क्याम्पका बिद्यार्थी,प्राध्यापक, अखिलका केन्द्रीय सदस्य लगायतको सहभागीता रहेको जनाएको छ ।