अछाममा बाढीले गरेको क्षतिबारे एकिन तथ्यांक संकलन गरिने

अछाममा बाढीले गरेको क्षतिबारे एकिन तथ्यांक संकलन गरिने

अछामको रामारोशन क्षेत्रमा भएको सडक तथा बालीनालीको क्षतिको एकिन विववरण संकलन गरिने भएको छ । गत भदौ २ गते राति कैलाशखोलामा आएको बाढीले करिब २२ घर १७ जना बेपत्ता भएकोमा बाढीले रामारोशन क्षेत्रको सडक र सयौँ रोपनी खेतिबाली समेत बगाएको छ ।

जिल्ला प्रशाशन कार्यालय अछाममा बसेको जिल्लाका कार्यालय प्रमुखको बैठकमा रामारोशन बाढीको समिक्षा गरिनुका साथै सडक र खेतीबालीको एकिन विवरण यथासिघ्र संकलन गर्ने निर्णय गरिरएको तथा सोही अनुसार काम पनि अगाडि बढेको प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले जानकारी दिनुभयो । रामारोशन सम्म जोड्ने सडक तथा गाउँपालिका भित्रका सडकमा क्षति पुगेको छ भने कैलाशखोला क्षेत्रका रामारोशन, बान्नीगढी जयगड र मंगलसैन क्षेत्रमा पर्ने सयौँ रोपनी धान खेत बगाएर बगरमा परिणत गरेको छ ।

“रामारोशन गाउँपालिकामा गएको पहिरोबाट भएको क्षतिको अन्य विवरण संकलन भइरहेकोमा बालीनालीको कृषि ज्ञान केन्द्रले र सडकको क्षतिबारे संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, साँफेबगरले एकिन विवरण संकलन गरी यथाशीघ्र पेश गर्ने निर्णय गरिएको छ” प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनुभयो ।