सानिमा बैंक धनगढी साखामा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि

सानिमा बैंक धनगढी साखामा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि

धनगढी ।
सानिमा बैंक धनगढी साखामा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार धनगढीको सानिमा बैंकमा कार्यरत ३१ बर्षीय कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो।

धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायका अनुसार डडेल्धुरा प्रयोगशालामा भएको परीक्षणमा उनलाई कोरोना पुष्टि भएको हो।

संक्रमित कर्मचारीको घर कञ्चनपुर हो भने उनी धनगढी उप–महानगरपालिका वडा नम्वर ४ मै डेरा गरी बस्दै आएका थिए। यसअघि ग्लोवल आइएमई बैंकमा कार्यरत एक जना कर्मचारीमा पनि कोरोना देखीसकेको छ ।