कोरोनाको डरले शव राख्ने बाकसमा किन सुतिरहेका छन् जीवित मानिस ?

कोरोनाको डरले शव राख्ने बाकसमा किन सुतिरहेका छन् जीवित मानिस ?

अहिले सारा विश्वमा कोरोना भाइरसको महामारी व्याप्त छ । हरेक दिन जसो नै हजारोँ मानिसहरु कोरोना भाइरसका कारण मरिरहेका छन् ।

यस्तो अवस्थामा चारैतिर सारा विश्वभर ने डरको माहोल रहेको छ । तर जापानमा भने मानिसहरु मनमा कोरोनाको डर हटाउनको लागि अनौठो तरिका अपनाईरहेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम डेलिमेलका अनुसार जापानको एक कम्पनी मानिसहरुको मनबाट कोरोनाको डर भगाउनको लागि जीवित नै शव राख्ने बाकसमा राखिरहेको छ ।

साथै उसको नजिक धारिला हतियार लिएर एक मानिस घुमिरहेको पनि बताइएको छ । कम्पनी भन्छ, यसबाट मानिसलाई डर लाग्दैन ।

जापानको प्रोडक्शन कम्पनी कोवागसेटाईले यो अनौठो तरिकाको शुरुवात गरेको हो । यो कार्य भने जम्मा १५ मिनेटको रहने बताइएको छ । यसका लागि ८०० येन तिर्नुपर्ने हुन्छ ।