‘अब म आत्महत्या गर्न चाहान्छु, को लिन्छ जिम्मेवारी ?’ : रिया चक्रवर्ती

‘अब म आत्महत्या गर्न चाहान्छु, को लिन्छ जिम्मेवारी ?’ : रिया चक्रवर्ती

बलिउड अभिनेता स्वर्गीय सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणले अहिले बलिउड इण्डस्ट्री नराम्ररी प्रभावित बनेको छ । यसैबीच सुशान्तकी प्रेमिका तथा बलिउड अभिनेत्री रिया चक्रवर्तीमाथि विभिन्न आरोप लागिरहेका छन् ।

उनले पहिलो पटक भारतीय सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा आफ्नो रिलेसनका विभिन्न कुराहरु शेयर गरिरहेकी छन् । उनीमाथिका आरोप बढ्दै गएपछि उनले अब बन्दुक ल्याएर आफ्नो परिवारलाई उभ्याएर गोली हान्न भन्दै आक्रोशित बनेकी छन् ।

उनले भनिन्, ‘अब यहि मात्र बाँकि छ कि, हाम्रो परिवारलाई उभ्याउनु र एउटा गोली ल्यार हान्नु, नभए अब हामी (सुसाइड) आत्महत्या गर्छौं, यसको जिम्मेवारी कसले लिन्छ रु म यी सबै आरोपलाई नकार्छु ।’

बलिउड अभिनेता सुशान्तले गत १४ जूनको राती बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए ।