गायक चक्र बमको ‘ओए काजल’ करोड क्लबमा उक्लियो

गायक चक्र बमको ‘ओए काजल’ करोड क्लबमा उक्लियो

सुदूरपश्चिमबाट उदायका गायक चक्र बमको पछिल्लो समयमा सार्वजनिक भएको गीत ‘ओए काजल’ लाई एक करोड भन्दा बढि पटक हेरिएको छ।

सुदूरपश्चिमका गाउँघरमा बोलिने शब्दहरुलाई गीत मार्फत प्रस्तुत गर्दै आएका बमले पछिल्लो समयमा सार्वजनिक गरेको ‘ओए काजल’ बोलको गीतलाई युवट्युवमा एक करोड १४ हजार भन्दा बढि पटक हेरिएको हो। 

‘सुदूरपश्चिको भाषा राखेर कुमाउ गडवाल शैलिमा तयार गरिएको यो गित कतिपय तरिकाले भेगिए गीत भनेर पनि बुझिन्छ,’ करोड क्लवमा गीत पुगेपछि बमले स्टाटस लेख्दै भनेका छन्, ‘तर गित सङ्गितको कुनै सिमा हुँदैन भने जस्तै आज हरेक किसिमका गीत सुन्ने दर्शक स्रोताले सकारात्मक प्रतिकृयाका साथ यो सृजनालाइ सोचे भन्दा बढि मन पराइदिनु भएको छ।’चक्र बमले उक्त गीत आफ्नै युवट्युब च्यानलमार्फत सार्वजनिक गरेका थिए।