अवैध सालको काठसहित कैलालीको घोडाघोडिमा ५ जना पक्राउ

अवैध सालको काठसहित कैलालीको घोडाघोडिमा ५ जना पक्राउ

कैलाली ।
कैलालीको घोडाघोडिमा अवैध सालको काठसहित ५ जनालाई नियन्त्रणमा लिएको छ। सबडिभिजन वन कार्यालय सुखडवाट खटिएको समीर थापाको टोलिले काठसहित ५ जनालाई नियन्त्रणमा लिएको हो। 
नगरपालिकाको वडा नम्बर ५ सरैया स्थित बिरेन्द्र मल्लको घरमा ठूलो परिणाममा काठ चिरान गरिरहेको भन्ने गोप्य सुचनाका आधारमा सबडिभिजनको टोलि त्यहा पुगेको थियो। यद्यपि काठको परिमाण भने खुलिसकेको छैन।

पक्राउ पर्नेमा जालुराम चौधरी,भिट्टु डगौरा, असोक चौधरी,प्रदेसी चौधरी र भिसराम चौधरी रहेका छन। काठ चिरानका मुख्य नाईके बिरेन्द्र मल्ल भने फरार रहेका छन। मल्ल विगत केही महिनादेखि शिवशक्ती सामुदायिक वनका पदाधिकारी संग मिलेर उक्त क्षेत्रमा सक्रिय तस्कर रहेका स्थानीय उपभोक्ताले बताए ।

 २ दिन अगाडि मात्रै मल्लले शिवशक्ती सामुदायिक वनकै क्षेत्रमा राती १ बजे सालका गोलिया काटेका उपभोक्ताको आरोप छ। करिव १५र२० जनाको हुल लगेर गएका मल्लले त्यही राती मात्रै ३ रुखका सालका लट्टा काटी डलबमा लगेर गएका एक स्थानीयले बताए। स्थानीयले रातिराती रुख किन काटेको भनेर सोध्न जादा उल्टै उनले धम्क्याएर पठाएका थिए। मल्लले “मेरो माथी सेटिङ्ग छ, राती हामिलाई सोध्ने तिमी को हौं, नजिक आईस भने सुट गर्दिन्छु भन्दै उल्टै उपभोक्तालाई धम्काएकाएर पठाएकाथिए।     
काठसहित ५ जनालाई नियन्त्रणमा लिए लगत्तै विप्लव नेकपाको युवा संगठन कैलालीको टोलिपनी उक्त घट्नास्थल पुगेको बताईएको छ। संगठनका कैलाली जिल्ला अध्यक्ष र घोडाघोडी नगर इन्चार्जको सयुक्तटोलि उक्त स्थलमा पुगेको थियो। मल्लको घरमा ठुलो परिणाममा काठ भेटिएकोले मल्लाई हदैसम्मको कार्वाही गर्न सवडिभजन वन कार्यलाई सुखडका इन्चार्ज समिर थापालाई सुझाएको बुझिएको छ।