बृहत तथा खुला रक्तदान कार्यक्रम सम्पन्न

बृहत तथा खुला रक्तदान कार्यक्रम सम्पन्न

धनगढी : मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) कैलाली  जिल्ला कार्य समिति र जयमालिका कलेजको आयोजनामा भएको  बृहत तथा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

धनगढीको रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएका कारण  शुक्रबार  धनगढीको पार्कमोडमा  रक्तदान कार्यक्रम गरेको जनाएको छ ।

खुला रक्तदान कार्यक्रममा २९ जनाले रक्तदान गरेको मेलान कैलालीका अध्यक्ष मीन बहादुर धामिले जानकारी दिनुभयो ।