चीनमा कोरोना भाइरसविरुद्धको चार प्रकारका भ्याक्सिन तेस्रो चरणको परीक्षणमा

चीनमा कोरोना भाइरसविरुद्धको चार प्रकारका भ्याक्सिन तेस्रो चरणको परीक्षणमा

काठमाडौं- 

चीनमा कोरोना भाइरसविरुद्धको चार प्रकारको भ्याक्सिनको तेस्रो चरणको परीक्षण शुरु भएको छ । जसमध्ये केहीको परीक्षण सेप्टेम्बरको शुरुमै सकिने भएको छ ।
चिनियाँ पत्रिका ग्लोबल टाइम्सले कोभिड १९ विरुद्धको स्टेट काउन्सिललाई उदृत गर्दै चार प्रकारका भ्याक्सिनको परीक्षण शुरु भइसकेको जनाएको हो । हजारौं मानिसहरुमाथि परीक्षण गरिने समेत जनाइएको छ ।

चीनमा विकास भइरहेको दुईवटा भ्याक्सिन तेस्रो चरणको क्लिनिकल ट्रायलका लागि विभिन्न देशमा परीक्षण गर्न अनुमोदन भइसकेको छ । चाइना नेस्नल बायोटेक ग्रुपको तेस्रो चरणको परीक्षण मध्यपूर्व, दक्षिण अमेरिकालगायतका विभिन्न देशका ३० हजारभन्दा बढी मानिसमा परीक्षण गर्न अनुमती दिइएको छ ।

यसैगरी चीनको सिनोभेक बायोटेक लिमिटेडको तेस्रो चरणको क्लिनिकल परीक्षण दक्षिण अमेरिका र दक्षिण पूर्वी एशियाका देशमा भइरहेको छ । भेक्टोरको पनि तेस्रो चरणको परीक्षण पनि भइरहेको छ ।-Photo Source: VCG