आफ्नो स्वास्थ्य ठीक छ वा छैन, कुनै रोग लाग्दैछ वा छैन ?

आफ्नो स्वास्थ्य ठीक छ वा छैन, कुनै रोग लाग्दैछ वा छैन ?

आफ्नो स्वास्थ्य ठीक छ वा छैन ? कुनै रोग लाग्दैछ वा छैन ? आफ्नो शरीरका अंगहरुले सही ढंगले काम गरिरहेका छन् ? सामान्यत यी कुराहरु थाहा पाउनका लागि स्वास्थ्य परीक्षण आवश्यक हुन्छ । सम्पूर्ण शरीरको स्वास्थ्य परीक्षणपछि नै आफ्नो स्थिति के छ भनेर भेउ पाउन सकिन्छ ।

यद्यपि हामीकहाँ बेलाबखत स्वास्थ्य परीक्षण गर्ने त्यती प्रचलन छैन । एक त स्वास्थ्यप्रतिको सचेतना कम हुनु, अस्पताल पायक नहुनु, औषधि–उपचार खर्चिलो हुनु जस्ता कारणले स्वास्थ्य जाँच गरिदैन । जब कुनै रोग लाग्छ, तबमात्र अस्पताल धाउने प्रवृत्ति छ । धेरैका लागि वाध्यता पनि हो यो ।
यद्यपि आफ्नो शरीर ठीक छ वा छैन भन्ने कुरा त आफ्नै जीवनशैलीबाट पनि थाहा पाउन सकिन्छ । यदि स्वस्थ्य जीवनशैली, सन्तुलित खानपान, सकारात्मक सोच चिन्तन अपनाइएको छ भने धेरै हदसम्म रोगबाट मुक्त हुन सकिन्छ ।

त्यसबाहेक हाम्रो शरीरले पनि केही त्यस्ता सूचना दिन्छ, जसले शरीर स्वास्थ्य छ वा रोग लाग्दैछ भन्ने भेउ पाउन सकिन्छ । जस्तो निश्चित समयमा भोक लाग्नु स्वभाविक र राम्रो मानिन्छ । तर, धेरै भोक लागिरहनु वा भोक लाग्दै नलाग्नु अस्वस्थ्य शरीरको सूचक हो । त्यसैगरी निश्चित समयमा निद्रा लाग्नु शरीर ठीक छ भन्ने संकेत हो । तर, निद्रा लाग्दैन नलाग्नु वा धेरै लाग्नुले शरीरमा कुनै गडबडी छ भन्ने देखाउँछ । यस्ता थुप्रै कुरा छन्, जसले शरीरको स्वास्थ्य स्थितिबारे सूचना दिन्छ ।

सही पाचन तन्त्र

निश्चित समयपछि हामीलाई भोक लाग्छ । खाना खाइसकेपछि हामी तृप्त हुन्छौं र केही समयसम्म हाम्रो भोक हराउँछ । यसरी एउटा निश्चित समयभित्र भोक लाग्नु स्वास्थ्य पाचन यन्त्रको सूचक हो । खाना खाइसकेपछि सन्तुष्ट अनुभव गर्नु, पेट हल्का हुनु, शरीरमा आलस्य नहुनुले पनि पाचन यन्त्र सही भएको देखाउँछ । यसको अर्थ हाम्रो जीवनशैली र खानपान ठीक छ भन्ने हो ।

तर, भोक लाग्दै नलाग्ने वा धेरै लाग्ने । खाना खाइसकेपछि पनि खानाको तलतल लाग्ने । खाना खाएपछि पेट भारी हुने । पेटमा जलन हुने, अल्छी लाग्ने जस्ता कुराले संकेत गर्छ, केही गडबडी छ । अर्थात हाम्रो खानपान र जीवनशैली ठीक भइरहेको छैन ।

समयमा निद्रा

हामी जतिबेर जागा रहन्छौं, उत्तिनै समय विश्राम पनि चाहिन्छ । शरीरलाई सही समयमा, सही अवधी विश्राम चाहिन्छ । यस्तो विश्राम हामी सुतेर वा निद्राको अवस्थामा लिन सक्छौं । यदि हाम्रो स्वास्थ्य राम्रो छ भने हामीलाई सही समयमा निद्रा लाग्छ । सुत्नसाथ गहिरो निद्रामा पर्छौं । राती निद्रा भड्किदैन वा विथोलिदैन । निद्राबाट खुलेपछि चंगा अनुभव गर्छौं । यदि त्यसो हो भने तपाईंको स्वास्थ्य ठिक छ ।

सही समयमा उठ्ने

तपाईं प्राय कुन समयमा उठ्नुहुन्छ ? सुत्ने समयसँग निर्भर होला । तपाईं अबेर सुत्नुभयो भने अबेर नै उठ्नुहुनेछ । चाडै सुत्नुभयो भने चाडै उठ्नुहुनेछ । यदि तपाईंको उठ्ने तालिका नियमित छ भने पनि तपाईंको स्वास्थ्य ठिक छ भन्ने बुझिन्छ ।

दैनिक पेटको सफाई

एक स्वस्थ्य व्यक्तिको पेटको सफाई दिनमा दुई पटक हुन्छ । एक पटक विहान र अर्को पटक साँझमा । यस्तोमा सही खानपानको आवश्यक्ता हुन्छ । यदि तपाईं सही खानपानबाट आफ्नो पेट सफा राख्नुहुन्छ भने तपाईंको शरीरबाट धेरै रोग हट्छ । यहाँसम्म कि पसिना आउनुपनि स्वास्थ्य जीवनको संकेत हो । पसिनाको माध्यामबाट शरीरबाट युरिनभन्दा बढी विषाक्त तत्व निष्कासित हुन्छ ।

सन्तुलित तौल

तपाईंको उचाई अनुसार उचित किसिमको तौल आवश्यक हुन्छ । यदि तपाईंको तौल सधै उही रहन्छ वा धेरै घटबड हुँदैन भने यसलाई पनि राम्रो संकेत मान्नुपर्छ ।

तौल सन्तुलित राख्नका लागि सही खानपान, सहि दिनचर्या एवं सक्रियता आवश्यक हुन्छ ।

पाँच इन्द्रियको सही काम

मानव शरीर अद्भूत छ । हाम्रा पाँच इन्द्रिय छन् । यही इन्द्रियले हामी अनेक कुरा महसुष गर्न सक्छौं । यदि तपाईं आफु आसपासको क्षेत्रबारे के भइरहेको छ भन्ने कुरा महसुष गर्न सक्नुहुन्छ भने तपाईंको इन्द्रिय ठिकठाक छ । आफु अगाडिको कुरा स्पष्ट देखिरहनुभएको छ, आफ्नो आसपासको आवाज स्पष्टसँग सुनिरहनुभएको छ, आफु आसपासको मौसम सही ढंगले अनुभूत गरिरहनुभएको छ, आफु आसपासको गन्ध, सुगन्ध राम्ररी महसुष गरिरहुनभएको भने तपाईंको इन्द्रिय ठिक छन् ।

शान्त स्वभाव एवं मन

तपाईंको स्वभाव जति शान्त र शितल छ, उत्तिनै तपाईं ठिकठाक हुनुहुन्छ । सामान्यत शारीरक वा मानसिक रुपले समस्याग्रस्त मान्छे क्रोधित हुन्छन् । विचलित हुन्छन् । रिसाइरहेका हुन्छन् । डराइरहेका हुन्छन् । शान्त हुँदैनन् । तपाईंको शरीर जति स्वस्थ्य छ, उत्तिनै तपाईं शान्त रहनुहुनछ । तपाईं उत्तिनै उमंगित रहनुहुन्छ ।

प्राकृतिक तागत र प्रतिरोधी क्षमता

जुन व्यक्ति काम गर्दा चाडै थाक्दैन वा बलको श्रमको काम गर्न सक्छन् । साथै उनीहरुको रोग प्रतिरोधी क्षमता पनि बलियो हुन्छ । यस्तो व्यक्तिको शरीर सही हुन्छ ।