असोज १ गतेबाट मात्र खुल्ने आन्तरिक उडान

असोज १ गतेबाट मात्र खुल्ने आन्तरिक उडान

काठमाडौं–सरकारले आन्तरिक उडान असोज १ गतेबाट मात्र खुलाउने भएको छ। 

कोरोना संक्रमण बढ्दै गएपछि आन्तरिक उडान खुलाउने मिति पुनः सारिएको हो। यसअघि सरकारले भदौ १ गतेबाट आन्तरिक उडान खुलाउने निर्णय गरेको थियो। त्यसपछि पनि कोरोना संक्रमण बढेको भन्दै पुनस् भदौ १६ गतेसम्मका लागि उडान बन्द गर्ने निर्णय गरेको थियो।