कञ्चनपुरमा निधेषज्ञा १९ गते सम्म  लम्बाइयो

कञ्चनपुरमा निधेषज्ञा १९ गते सम्म  लम्बाइयो

कञ्चनपुर, १५ भदौ । 
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउनका लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले लगाएको निषेधाज्ञा एक साता लम्ब्याएको छ। भदौ १४ गते राति १२ बजे देखि १९ गते राति १२ बजेसम्म निधेषज्ञा लम्ब्याइएको हो। निषेधाज्ञा अवधिमा साँझ साढे ५ बजेदेखि बिहान ७ बजेसम्म बजार व्यवसाय सञ्चालन गर्न नपाइने गरी आदेश जारी गरिएको छ ।  

 संक्रामक रोग ऐन २०२० को दफा २ एवं स्थानीय ऐन, २०२८ को दफा ६ ९३० बमोजिम कञ्चनपुर जिल्लाभर लागु हुने गरी औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य बस्तु तथा सेवा खरिदको कामबाहेक कुनै पनि व्यक्तिलाई घरबाहिर ननिस्कन प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए। जारी आदेशअनुसार अत्यावश्यक कार्यका लागि घरबाहिर निस्किँदा अनिवार्य रुपमा मास्कको प्रयोग तथा न्यूनतम भौतिक दूरी कायम गर्नु पर्ने, निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधान जोर विजोरको आधारमा सञ्चालन गर्ने व्यवस्था कडाइका साथ लागु गर्ने आदेश जारी गरिएको छ।

कोभिड १९ को संक्रमणको जोखिम नियन्त्रण, सो को रोकथाम, उपचार तथा व्यवस्थापन सम्बन्धि कार्यमा खटिनु पर्ने र अत्यावश्यक सेवा भनी नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउन जानपर्ने कर्मचारीको हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी संख्या निर्धारण गरी कार्यालयले जारी गरेको फोटोसहितको परिचयपत्रको आधारमा सञ्चालन हुने सवारी साधन चल्न दिइने छ।