बा सिकाउनु भएन चाकरी गर्ने संस्कार गल्ती भयो

बा सिकाउनु भएन चाकरी गर्ने संस्कार गल्ती भयो

बा सिकाउनु भएन चाकरी गर्ने संस्कार गल्ती भयो।
त्यसैको अभावमा बसेको छु बेरोजगार गल्ती भयो।

चन्दा उठाउदै मालिकलाई बुझाउनु पर्ने रहेछ साथी 
त्यो बेला मानिन तिम्रो भनेको कुरा यार गल्ती भयो।

उसले बनाउदै बाटो आफ्नै लागि पो रहेछ बुझिएन 
भाषण सुनेर साम्यवादका ती बजनदार गल्ती भयो।

अहिले बदमासी गर्न नसक्ने अयोग्य जस्तो ठान्छन
आएका प्रस्ताव गरे अस्वीकार बार-बार गल्ती भयो।

मैले गरिन झुटको खेती कमाउने धन्दा राजनीतिमा
चन्दा माग्दै थर्काउदै हिडनु पर्ने दुई चार गल्ती भयो।

समयले धेरै कुरा सिकायो तर चुकेपछी के काम भो
बदमास जित्यो र इमान्दारको भयो हार गल्ती भयो।